छलफल: वर्डप्रेसको कार्यक्रमहरुमा विविधता

छलफल: वर्डप्रेसको कार्यक्रमहरुमा विविधता

यो पोस्ट अङ्रेजीमा लेखिएको थियो । सबै माझ सहज रुपमा पुर्याउन यसलाई नेपालीमा अनुबाद गरेको छु । यो पोस्ट तयार गर्नु हुने @angelasjin लाई धेरै धेरै धन्यवाद ।

केहि त्रुटीहरु भए जानकारी गरिदिनु हुन अनुरोध गर्दछु ।

यो पोस्ट अन्य भाषाहरुमा पनि उपलब्ध छ । 

– English
Indonesian
– Traditional Chinese (Taiwan)
– Japanese
– Portuguese (Brazil)

हालसालै वर्डप्रेसका कार्यक्रमहरु, विशेसत वर्डक्याम्पमा बिबिधताको बिसयमा एउटा प्रश्नहरु उठेका छन् । सामुदायिक(कम्युनिटी) समूहले विविधतालाई महत्त्व दिन्छ र प्राथमिकता दिन्छ, हाम्रो समुदायमा जति धेरै विविधता हुन्छ, त्यति नै बलियो, थप नवीन र थप लचिलो बन्दै जान्छ।

वर्डप्रेसका कार्यक्रमहरुमा विविधता बढाउनु एउटा महादेश, समुदाय, कार्यक्रम वा समूहको मात्र जिम्मेवारी होइन। सबैले फरक पार्न सक्छन् । विविधताको बिसयमा कुरा गर्नु वर्डप्रेस समुदायको लागि नयाँ होइन, तर यस समयमा यो कुराकानी गर्न पाउँदा म विशेष रूपमा खुसी छु। 

पहिलो, महामारीको कारणले त्यहाँ सहभागिताका लागि नयाँ अवरोधहरू छन् जुन विचार नगरिएको हुन सक्छ। दोस्रो, आयोजकहरूले सावधानीपूर्वक व्यक्तिगत रुपमा भेला भएर गरिने कार्यक्रमहरु पुन: सुरु गर्दैछन्। यो एक सम्भावित उत्कृस्ट समय हो कि कम्युनिटी सदस्यहरूले सामना गर्ने बाधाहरू बिसयमा राम्रोसँग बुझ्नको लागि, कुन कुराले व्यक्तिहरूलाई वर्डप्रेस कार्यक्रमहरूमा भाग लिनको लागि सशक्त बनाउँछ, र थप समावेशी ठाउँहरू सिर्जना गर्न आयोजकहरूलाई कसरी समर्थन गर्ने भन्ने बिसयमा पनि।

सबै भन्दा माथि, वर्डप्रेस जस्ता विश्वव्यापी समुदायहरूका लागि  एकै साथ एउटा अनौठो अवसर र चुनौती भनेको कसरी स्थानीय क्षेत्र र संस्कृतिहरूमा विविधताको सम्मान गर्ने र हाम्रो विश्वव्यापी समुदायको विविधतालाई समग्र रूपमा मनाउने हो।

अन्त्यमा, म संग मेरो मात्र परिपेक्ष र अनुभब छ । मलाई लाग्छ यति ठुलो र बिस्वब्यपी समुदायमा बिबिधताको बिसयमा मेरो हालको बुझाई अपूर्ण छ । त्यसैले म तपाईहरु बाट सुन्न चाहन्छु। 

खुल्ला छलफल

विगतका वर्षहरूमा मैले विविधता र त्यस छेउछाउका चुनौतीहरूलाई कसरी सम्बोधन गर्ने भन्ने बिसयमा धेरै समाधान र सुझावहरू सुनेको छु, जुन अन्त्यन्तै उत्कृस्ट छ ! तर विश्वव्यापी अवस्थामा हाल धेरै परिवर्तन भएको हुनाले, म  वर्डप्रेस, वर्डक्याम्प र मिटअपमा विविधताको साथ तपाईंको अनुभवको बिसयमा सुन्न चाहन्छु, ताकि समुदाय टोलीले अनुभवहरू कहाँ मेल खान्छ र तिनीहरू कहाँ भिन्न हुन्छन् भन्ने कुराको गहिरो बुझाइ पाउन सकोस्।

विविधताको बिसयमा कुरा गर्नु गहिरो रुपमा व्यक्तिगत हुन सक्छ, त्यसैले यदि तपाईं सहज महसुस गर्नुहुन्न भने कृपया सहभागी हुन आवश्यक नठान्नुहोस । तपाई यो पोस्टमा कमेन्ट(टिप्पणी) गर्न सक्नुहुनेछ, यदि तपाई म संग सिधै च्याट गर्न चाहनुहुन्छ भने वर्डप्रेसको स्ल्याक(Slack) मा व्यक्तिगत मेसेज गर्न सक्नु हुनेछ । म तपाईंलाई स्वागत गर्नेछु । 

तपाईले सहज महसुस गर्नुभएको हदसम्म, म निम्न कुराहरु तपाई बाट सुन्न चाहन्छु:

  • तपाईं कुन देशमा आधारित/बसोबास गर्नुहुन्छ?
  • के तपाइँ वर्डक्याम्प वा मिटअपमा भाग लिनुहुन्छ, र यदि छ भने, कसरी? (सहभागितामा भाग लिने, प्रस्तुति दिने / बोल्ने, प्रायोजन गर्ने, वा आयोजना गर्ने समावेश हुन सक्छ)
  • वर्डक्याम्प वा मिटअपमा भाग लिन तपाईलाई के ले रोक्छ? वा रोकेको छ? 
  • आज विविधतामा कस्ता चुनौतीहरू देख्नुभएको छ?
  • तपाईंको समुदायले विविधतालाई कसरी परिभाषित गर्छ? 
  • तपाईको समुदायमा विविधता बढेको तपाईले देख्नुभएको वा अनुभव गर्नुभएको छ?
  • तपाईको समुदायमा विविधता घटेको तपाईले देख्नुभएको वा अनुभव गर्नुभएको छ?

हाम्रा कथा वा अनुभबहरू अरुलाई सुनाउदा, म तपाईंको बिसयमा थप जान्नको लागि आशा गर्दछु, र यो छलफल पढ्ने सबैले अरू कसैको अनुभवको आधारमा जान्न सक्छन्! 

कृपया तपाईंका कथा वा अनुभबहरू तलको कमेन्ट/ टिप्पणी गर्ने स्थानमा सोमबार, फेब्रुअरी २८, २०२२ सम्ममा लेख्नुहोस।  त्यसपछि म मुख्य भनाई र सिक्ने कुराहरूको सारांश लिएर कमेन्ट/ टिप्पणीहरुको लागि यो पोस्ट बन्द गर्नेछु। किनकी यस छलफलको लक्ष्य संसारभरको विविधताका साथ व्यक्तिगत अनुभवहरूको बिसयमा थप जान्न हो, यो छलफलको अर्को चरण वा नतिजा के हुनेछ भन्न गाह्रो छ! यद्यपि, यो समुदायको निम्ति वर्डप्रेसका कार्यक्रमहरुलाई बलियो बनाउन सक्ने ठाउँ पहिचान गर्नको लागि एक महत्त्वपूर्ण र उपयोगी कदम हुनेछ, र निश्चित रूपमा छलफलको लागि भविष्यका प्रस्तावहरूको परिणाम हुनेछ।

विशेष गरी यो पोस्टको लागि जानकारी

कृपया आफ्ना अनुभवहरू साझेदारी गर्नमा मात्र टिप्पणीहरू केन्द्रित हुनुहोस् – मलाई थाहा छ वर्डप्रेसरहरू सबैसँग विविधताप्रति उत्कृष्ट र फरक विचारहरू छन्, तर यो पोष्टको बिसय त्यो होइन! त्यो पछि आउनेछ 🙂

Welcome to Your Team’s O2!

We’re happy to give each locale team their own blog, allowing you to coordinate easier, right on WordPress.org. You can customize this site and add pages, as needed. If you have questions, let the meta team know.

How to use O2

O2 is a combination of a theme and a plugin that allows for easier collaboration. Here are a few features that will be helpful for coordinating your team’s activities:

  1. @mentions: Mention anyone on the WordPress.org network by putting an @ in front of their username. Members of your locale sites (including your main site, your forums, and O2) are automatically added to autocomplete.
  2. Tags: Tagging can be added easily right inside of posts and comments. For example, #welcome tags this post with “welcome.” Click on a tag and to see all tagged posts.
  3. Cross posts: Cross post to another O2 site on WordPress.org by using the + symbol. You can cross post to any site that’s using O2.

That’s it! Enjoy your new blog and file meta tickets if you run into any issues.