Facebook मा सार्वजनिक जानकारी भनेको के हो?

सार्वजनिक भएका कुनै पनि कुरालाई कसैले पनि हेर्न सक्छन्। त्यसमा तपाईं साथी नहुनुभएका र Facebook भन्दा बाहिरका र प्रिन्ट, प्रसारण (उदाहरणः टेलिभिजन) जस्ता फरक मिडिया र इन्टरनेटका अन्य साइटहरूप्रयोग गर्ने मानिसहरू पनि समावेश हुन्छन्। उदाहरणका लागि यदि तपाईंले हाम्रा सेवाहरू टेलिभिजनलाई वास्तविक समयका सार्वजनिक टिप्पणी प्रदान गर्न प्रयोग गर्नुहुन्छ भने त्यो शो वा Facebook का अन्य स्थानमा पनि देखिन सक्छ।
सार्वजनिक भनेको के हो?
सधैँ सार्वजनिक हुने तपाईंले साझा गर्नुभएका जानकारी: तपाईंले आफ्नो प्रोफाइल भर्ने क्रममा हामीलाई प्रदान गर्नुभएका आफ्नो उमेर, भाषा र देश जस्ता केही जानकारी सार्वजनिक हुन्छन्। हामीले तपाईंको प्रोफाइलको सार्वजनिक प्रोफाइल भन्ने भागलाई तपाईंलाई आफ्ना साथीहरू र परिवारसँग जडान गराउनका लागि पनि प्रयोग गर्छौ। तपाईंको सार्वजनिक प्रोफाइलले तपाईंको नाम, लिङ्ग, प्रयोगकर्ता नाम र प्रयोगकर्ता आइडी (खाता नम्बर), प्रोफाइल तस्वीर र कभर फोटो समावेश गर्छ। यो जानकारी पनि सार्वजनिक हुन्छ। यसले हामीलाई तपाईंलाई जडान गर्न मद्दत गर्ने केही तरिकाहरू:
  • तपाईंको नाम, प्रोफाइल तस्वीर र कभर फोटोले मानिसहरूलाई तपाईंको पहिचान गर्न सहयोग गर्छ।
  • लिङ्गले तपाईंलाई वर्णन गर्न हामीलाई सहयोग गर्छ (उदाहरणः "उनीलाई साथीको रूपमा थप्नुहोस्")।
  • तपाईंका नेटवर्कहरू(उदाहरण: स्कुल, कार्यस्थल) सूचीकरण गर्नाले अन्यलाई तपाईंलाई फेला पार्ने थप सहज हुन्छ।
  • प्रयोगकर्ता नाम र प्रयोगकर्ता आइडी (उदाहरण: तपाईंको खाता नम्बर) तपाईंको प्रोफाइलको URL मा हुन्छन्।
  • उमेरको दायराले तपाईंलाई सही सामग्री प्रदान गर्न सहयोग गर्छ।
  • भाषा र देशले हामीलाई सही सामग्री र सुविधा प्रदान गर्न सहयोग पुर्याउँछ।
तपाईंले सार्वजनिक रूपमा साझा गर्ने जानकारी: तपाईंले केही कुरा सार्वजनिक रूपमा साझा गर्ने भनेर चयन गरेपछि (उदाहरण तपाईंले दर्शक चयनकर्ताबाट सार्वजनिक चयन गर्दा), त्यसलाई सार्वजनिक जानकारी मानिन्छ। यदि तपाईंले केही जानकारी साझा गर्नुभयो र तपाईंले दर्शक चयनकर्ता वा अन्य गोपनीयताका सेटिङहरू देख्नुभएन भने त्यो जानकारी पनि सार्वजनिक हुन्छ। Facebook प्रोफाइलमा आफ्नो सामान्य जानकारी कसले हेर्न सक्छ भने कुरा सम्पादन गर्ने र Facebook मा तपाईंले पोस्ट गर्दा कसलाई साझा हु्छ भन्ने कुरा चयन गर्न दर्शक चयनकर्ता को प्रयोग गर्ने बारेमा थप जान्नुहोस्।
अन्य मानिसहरूले साझा गर्ने सामग्री: यदि अन्य व्यक्तिहरूले तपाईंको बारेमा जानकारी साझा गर्नुभयो भने, उक्त जानकारी तपाईंले सझा गर्नुभएको हो तर सार्वजनिक नगर्नुभएको भए पनि, उनीहरूले यसलाई सार्वजनिक गर्न छनौट गर्न सक्छन्। तपाईमले अन्य मानिसहरूको सार्वजनिक पोस्टमा टिप्पणी गर्दा तपाईंको टिप्पणी पनि सार्वजनिक हुन्छ।
Facebook पृष्ठहरू वा सार्वजनिक समूहहरूमा भएका पोस्टहरू: Facebook पृष्ठहरू र सार्वजनिक समूहहरू सार्वजनिक स्थलहरू हुन। पृष्ठ वा समूह देख्ने जोकोहीले पनि तपाईंका पोस्ट वा टिप्पणी देख्न सक्छन्। सामान्यतया, तपाईंले पृष्ठ वा सार्वजनिक समूहमा पोस्ट वा टिप्पणी गर्दा, स्टोरी न्यूजफीडसहित Facebook भित्र वा बाहिरका अन्य स्थानहरूमा पनि प्रकाशन हुन सक्छन्।
सार्वजानकारीमा निम्न कुरा समावेश हुन्छ भन्ने कुरा सम्झनुहोस्:
  • Facebook बाहिर भएपनि तपाईंसँग सम्बन्धित हुन्छ।
  • कसैले Facebook वा अन्य खोजीका इन्जिन प्रयोग गर्दा देखा पर्छ।
  • तपाईं र तपाईंका साथीहरूले प्रयोग गर्ने Facebook सँग सम्बन्धित खेल, एप्लिकेसन र वेबसाइटहरूबाट पहुँच राख्न सकिन्छ।
  • हाम्रो Graph API जस्ता API हरू प्रयोग गर्ने जोकोहीले पहुँच राख्न सक्छन्।
के यो सहयोगी थियो?
हो
चाहन्न