म साझेदारहरूमा मैले गरेको क्रियाकलापका आधारमा मलाई कसरी विज्ञापन देखाइन्छन् भन्ने कुरा म कसरी समायोजन गर्न सक्छु?

तपाईंलाई थप सान्दार्भिक विज्ञापनहरू देखाउन हामी विज्ञापनदाता र अन्य साझेदारहरूले हामीलाई तिनिहरूको वेबसाइट तथा एपहरूमा तपाईंले गर्ने क्रियाकलापका साथै तपाईंका केही अफलाइन अन्तरक्रियाका बारेमा प्रदान गर्ने डेटा प्राप्त तथा प्रयोग गर्छौँ। उदाहरणका लागि हामी तपाईं कपडाको वेबसाइटमा जानुभएको कुराका आधारमा हामी तपाईंलाई सर्टको विज्ञापन देखाउन सक्छौँ।
तपाईं विज्ञापन प्राथमिकताहरू मा साझेदारहरूमा तपाईंले गरेको क्रियाकलापबारे डेटा का माध्यम Facebook बाहिरका आफ्नो क्रियाकलापका आधारमा विज्ञापन देख्नुहुन्छ कि देख्नुहुन्न भन्ने कुरा नियन्त्रण आफै गर्न सक्नुहुन्छ।
यो सेटिङ हेर्न र समायोजन गर्न:
  1. Facebook को शीर्ष दायाँमा भएको मा क्लिक गर्नुहोस्।
  2. सेटिङहरू तथा गोपनीयता चयन गर्नुहोस्, त्यसपछि सेटिङहरूमा क्लिक गर्नुहोस्।
  3. तलतिर स्क्रोल गरेर बायाँ मेनुमा रहेको विज्ञापनहरू मा क्लिक गर्नुहोस्।
  4. विज्ञापनसम्बन्धी सेटिङहरू मा क्लिक गर्नुहोस्, त्यसपछि साझेदारहरूमा तपाईंले गरेको क्रियाकलापबारे डेटा मा क्लिक गर्नुहोस्।
  5. हामी तपाईंलाई विज्ञापनहरू देखाउन हाम्रा साझेदारहरूको डेटा प्रयोग गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा चयन गर्नुहोस्।
यो सेटिङले हामीले तपाईंलाई साझेदारमा तपाईंले गरेको क्रियाकलापबारे डेटाका आधारमा Facebook मा व्यक्तिगतकरण गरिएको विज्ञापन देखाउने कि नदेखाउने भन्ने कुराको नियन्त्रण गर्छ। तपाईंले यो सेटिङ अफ गर्नुभयो भने तपाईंले देख्ने विज्ञापन अझै पनि हाम्रो प्लेटफर्ममा तपाईंले गरेको क्रियाकलापमा आधारित रहन्छन्। ती विज्ञापन कुनै खास व्यवसायले हामीसँग साझा गरेको व्यक्ति वा यन्त्रहरूको सूचीको जानकारीमा आधारित पनि हुन सक्छन्, हामीले तपाईंको प्रोफाइल उक्त सूचीमा रहेको जानकारीसँग मेल खुवाँएका छौँ भने।
यो सेटिङ Messenger र तपाईंले Facebook को विज्ञापन सेवाहरूले प्रदान गर्ने वेबसाइट, एप तथा यन्तमा मा देख्ने विज्ञापनलगायत तपाईंले आफ्नो Facebook खातामा देख्ने विज्ञापनहरूमा मात्र लागू हुन्छ। यो सेटिङ तपाईंले आफ्नो Instagram र Facebook खाताहरूमा जडान गरिएको अनुभव सक्षम नगरेसम्म तपाईंले Instagram मा देख्ने विज्ञापनहरूमा लागू हुँदैन। तपाईंलाई Instagram मा कसरी विज्ञापन देखाइन्छ भन्ने कुरा कसरी समायोजन गर्ने भन्नेबारेमा जान्नुहोस्।
तपाईंले आफ्नो Instagram र Facebook खाताहरूमा जडान गरिएको अनुभव सक्षम गर्नुभएको छ भने तपाईं साझेदारहरूमा तपाईंले गरेको क्रियाकलापबारे डेटा सेटिङमार्फत पनि Instagram को विज्ञापन अनुभव समायोजन गर्न सक्नुहुन्छ।
हामी अनलाइन गतिविधीमा आधारित विज्ञापनको स्व-नियामक सिद्धान्तको पालना गर्छौँ र डिजिटल विज्ञापन गठबन्धन, क्यानाडाको डिजिटल विज्ञापन गठबन्धनयूरोपीय अन्तरक्रियात्मक डिजिटल विज्ञापन गठबन्धन ले निर्माण गरेको अप्ट-आउट कार्यक्रमहरूमा सहभागी हुन्छौँ। तपाईं यी साइटहरूमार्फत सहभागी सबै कम्पनीबाट अप्ट-आउट गर्न सक्नुहुन्छ।
के यो सहयोगी थियो?
हो
चाहन्न