नेपालीमा वर्डप्रेस

तपाईं वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्न मद्दत गर्न सक्नु हुन्छ ।

वर्डप्रेस १६० भन्दा बढी भाषामा अनुवाद गरिएको छ । नेपालीमा वर्डप्रेस त्यो मध्यको एक हो ।

तपाईं पनि अनुवाद टोली मा सामेल हुन सक्नु हुन्छ अनि अनुवाद सुझाउन सुरु गर्न सक्नु हुन्छ :
Screenshot 2016-07-23 10.10.40

  1. WordPress.org मा लग इन गर्नुहोस् वा नयाँ खाता खोल्नुहोस्
  2. अनुवाद पृष्ठ मा जानुहोस्
  3. सूचीबाट परियोजना छनौट गर्नुहोस् अनि “परियोजना अनुवाद गर्नुहोस्” मा क्लिक गर्नुहोस्
  4. परियोजनाको प्रकार चयन गर्नुहोस् (वर्डप्रेस कोर, थिम, प्लगिन, मेटा वा एप्स)

 

अनुवाद गर्न सकिने परियोजनाहरु:

मनपर्ने प्लगिन वा थिम छ ? तिनीहरूलाई अनुवाद गर्न मद्दत गर्नुहोस् ।

यदि तपाईं वर्डप्रेस प्रयोग गर्नु हुन्छ अनि आधिकारिक साइटबाट मन पर्ने थिम र प्लगिनहरु प्रयोग गर्नु हुन्छ भने जांच गर्नु होस् कि ति अनुवादित छन् कि छैनन् अनि अनुवाद गर्न सहयोग गर्नुहोस् !

केहि प्रश्न सोध्न चाहनु हुन्छ ?

वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्ने टोली

वर्डप्रेस योगदानकर्ताहरु आधिकारिक वर्डप्रेस स्ल्याक मा मुद्दाहरू छलफल गर्ने गर्छन । यदि तपाईं आफ्नो अनुवाद टोलीसँग सम्पर्क गर्न चाहनुहुन्छ भने, स्ल्याकमा #Polyglots च्यानलमा सामेल हुनुहोस् ।