शोकेसको लागि पूर्ण नेपाली अनुवादित साइट पेश गर्न अनुरोध

के तपाईं आफ्नो साइटलाई हाम्रो वर्डप्रेस नेपाली साइट (https://ne.wordpress.org/) को शोकेसमा प्रदर्शन गर्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने आफ्नो साइटको विवरण पेश गर्नुहोस् । त्यसको लागी https://goo.gl/forms/lArYSihSPYjghFMl1 फाराम भर्नुहोस् । साइट सर्त अनुसार ठीक छ छैन जाँच गरी ठीक भएमा शोकेसमा प्रकाशित गरिनेछ।

सर्तहरु:

  1. साइट वर्डप्रेसबाट निर्माण गरिएको हुनुपर्नेछ ।
  2. साइट पूर्ण रुपमा नेपालीमा अनुवादित हुनुपर्नेछ।
  3. अभद्र, असामाजिक र गैरकानुनी साइटहरुलाई निषेध गरिएको छ।

साइट पेश गर्न आवश्यक पर्ने विवरण:

शीर्षक:
युआरएल:
विवरण (छोटकरीमा):
स्क्रिनसट: (स्क्रिनसट पठाउँदा डाउनलोड गर्न मिल्ने तस्विरको सिधा लिंक पठाउनुहोस)

वर्डप्रेस् १००% अनुवादित संस्करण: नेपाली जान्नेकालागि भन्दा पनि वर्डप्रेस् नेपालीमा खोज्नेकालागि।

लगभग तीन वर्षपछि फेरी वर्डप्रेसलाई १००% नेपालीमा अनुवाद गरिएको छ । यो भन्दा पहिले वर्डप्रेस  ४.० संस्करण शत प्रतिशत नेपलीमा उपलब्ध थियो भने पछिल्लो समय त्यहि अनुरुप ४.७ लाई अघि बढाइएको थियो र अहिले नेपालीमा वर्डप्रेस चलाउन खोज्नेका लागि ४.८ संस्करणलाई पनि  तयारी अवस्थामा  राखिएको छ ।मूलतः वर्डप्रेसमा संचालित नेपाली न्युज् पोर्टलहरु, नेपाली भाषा सम्बन्धी सेवा दिने वेबसाइटहरु तथा नेपालीमा व्यक्तिगत ब्लगहरु पोस्ट गर्ने पोर्टलहरुलाई लक्षित गरेर अनुबाद गरिएको पछिल्लो संस्करणमा वर्डप्रेसका प्राविधिक शब्दहरु बाहेकका शब्द/वाक्यहरु सकेसम्म नेपाली बोलीचालीका लवजहरुलाई ध्यानमा राखेर तयार गरिएको छ ।

नेपाली अनुवादक टिमको यो सफलतालाई वर्डक्याम्प काठमाडौँ २०१७ को अबसरमा पनि बिशेष उपलब्धिको रुपमा उल्लेख गरिएको थियो । कार्यक्रमको स्वागत् भाषणबाटै सुरु गरिएको बधाई प्रक्रिया, नेपालमा वर्डप्रेस सुरुवातकर्ता  एवम्  वर्डक्याम्प काठमाडौँ २०१७ वक्ता मध्येका एक सकिन श्रेष्ठको पी. पी. टि स्लाइड हुँदै ग्रुप फोटोसेसन सम्म पुगेको थियो ।

यसै अवसरमा टिमका सक्रिय सम्पादक तथा अनुवादक निलाम्बर शर्माले किन वर्डप्रेसको “Giving back to the Community” स्लोगनलाई  हामीले प्राथमिकतामा राख्नु पर्छ र ऊनीलगायतका टिमले कसरी आफुलाई एक असल योग्दनकर्ताका  रुपमा प्रस्तुत् गरिरहेका छन् भन्ने कुरा समेत मन्चबाट राख्ने मौका पाएका थिए ।

यो  संस्करणसम्म आइपुग्दा वर्डप्रेस नेपालीकरण गर्नेमा निलाम्बर शर्मा (Nilambar Sharma), शिव शंकर भट्ट (Sh Shanker), मनिष प्याठ (Manish Pyatha), हेमराज अधिकारी (Hemraj Adhikari) र सुदीप बल्छौडी (Sudeep Balchhaudi) शीर्ष ५ सक्रिय अनुवादकहरुका रुपमा छन् भने नयाँ योगदनकर्ताहरुको संलग्नता पनि उत्तिकै बढ्दो देखिन्छ |

वर्डप्रेस अब सत प्रतिशत नेपालीमा

हामी वर्डप्रेसलाई सत प्रतिशत नेपालीमा अनुवाद गर्न सफल भएका छौं । कैयौ अनुवाद योगदानकर्ताहरुको सहयोगमा हामी यो स्थानसम्म आइपुगेका हौं । अनुवाद गरी योगदान गर्नुहुने सम्पूर्ण योगदानकर्ताहरु तथा अनुवादमा सहयोग गर्नु हुने सबै शुभचिन्तकहरुलाई धन्यवाद ।

यस अघि लगभग तीन वर्ष अगि वर्डप्रेस ४.० रिलिज हुदाँ नेपाली अनुवाद सत प्रतिशत थियो । त्यस पछि केहि सुस्ताएको अनुवाद प्रोजेक्ट हामीले केहि महिना अघि म लगायत केहि साथीहरु मिलेर यसलाई पुन अगाडी बढाउने निर्णय गरेका थियौ । त्यसै अनुरुप लगातार अनुवादलाई सुचारु गर्न साप्ताहिक मिटिङ्ग लगायत अनुवाद दिवस जस्ता कार्यक्रम आयोजना हुदै आएको थियो । त्यसैको फल स्वरुप अहिले वर्डप्रेस ४.७ पूर्ण रुपमा अनुवादित भएको छ भने अर्को महिना रिलिज हुने वर्डप्रेस ४.८ को तयारी पनि पुरा भैसकेको छ । यस प्रोजेक्टलाई भविष्यमा पनि अगाडी बढाई राख्न यहाँहरु सबैको सहयोगको अपेक्षा गरेको छु ।

जय वर्डप्रेस !!!

वर्डप्रेस नेपाली अनुवाद दिवस सम्पन्न

वर्डप्रेस नेपाली अनुवाद दिवस (WordPress Nepali Translation Day) २२ माघ २०७३ मा सम्पन्न भएको छ। योगदानकर्ताहरु एकै ठाउँमा भेला भई सामुहिक रुपमा अनुवाद गर्ने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको थियो। सो दिन लगभग २२० भन्दा बढी स्ट्रिङ्गहरु अनुवाद गरिएको थियो । सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद छ । सोहि कार्यक्रमका कारण अहिले हामी ८४% बाट ९०% मा पुगेका छौं ।

फेसबुक: https://www.facebook.com/events/1409509349060287/

उपस्थिति :

@rabmalin, @shivashankerbhatta, @manishpyatha, @hemraj7171, @bisnusnr, @bplv, @madhusudan977, @teeru, @sandeepregmi, @amitpomu, @anilbasnet

नेपाली भाषा अब वर्डप्रेसको साइट भाषा विकल्पमा उपलब्ध

सुखद खबर । नेपाली भाषा अब वर्डप्रेसको साइट भाषा विकल्पमा उपलब्ध भएको छ। वर्डप्रेसको प्रशासन प्यानलमा गएर सेटिङ्ग -> साधारण मा जानुहोस् । त्यहाँ साइट भाषा विकल्पमा तपाईंले नेपाली विकल्प भेटाउनुहुनेछ ।

पोलीग्ल्ट टिमले हालसालै एक निर्णय गरी ८०% भन्दा माथी सम्पन्न भएका अनुवादहरुको वर्डप्रेस भाषा प्याक रिलिज गर्ने काम गरेको छ । अहिलेको अवस्थामा हामी ८४% मा छौं ।

वर्डप्रेस नेपालीको औपचारिक साइट : https://ne.wordpress.org/

अनुवाद गरी योगदान गर्नुहुने सम्पूर्णलाई धन्यवाद । आशा गरौं हामी छिट्टै नै पूर्ण रुपमा अनुवाद गरिसक्नेछौँ ।

हामी सबैलाई बधाई छ । 🙂

मिटिङ्ग नोट – ११ माघ २०७३

  • अनुवादलाई अझ छिटो अगाडी बढाउन अनुवाद योगदान दिवस आयोजना गर्ने निर्णय गरियो । सम्भवत माघ २२ गते कार्यक्रम आयोजना गरिनेछ । @shivashankerbhatta ले फेसबुकमा इभेन्ट बनाएर कार्यक्रमको अन्य जानकारीहरु राख्नेछन ।
  • विभिन्न अंग्रेजी शब्दका अनुवाद सम्बन्धी छलफल गरियो । निर्णय गरिएका शब्दहरु ग्लोसरी (शब्दावली) मा अद्यावधिक गरिएका छन् । छलफल गरिएका शब्दहरु – timezone, hierarchy

मिटिङ्ग नोट – ४ माघ २०७३

  • टिमको लागि बनाइएको लोगो सम्बन्धी छलफल गरियो। हामी अब यसलाई लोगोको रुपमा प्रयोग गर्नेछौ ।
  • विभिन्न अंग्रेजी शब्दका अनुवाद सम्बन्धी छलफल गरियो । निर्णय गरिएका शब्दहरु ग्लोसरी (शब्दावली) मा अद्यावधिक गरिएका छन् । छलफल गरिएका शब्दहरु – brand new, backend, frontend, moderation, live preview, threaded comments, manual, up to date,

मिटिङ्ग नोट – २६ पौष २०७३

  • टिमको लागि बनाइएको लोगो सम्बन्धी छलफल गरियो। @shivashankerbhatta ले अर्को मिटिङ्गमा अहिलेका सुझावहरुलाई ध्यानमा राखी लोगो परिमार्जन गरेर प्रस्तुत गर्नेछन।
  • मिटिङ्गलाई निरन्तरता दिन साप्ताहिक रुपमा मिटिङ्ग आयोजना गर्ने।
  • विभिन्न अंग्रेजी शब्दका अनुवाद सम्बन्धी छलफल गरियो। निर्णय गरिएका शब्दहरु ग्लोसरी (शब्दावली) मा अद्यावधिक गरिएका छन् । छलफल गरिएका शब्दहरु – object, developer, search engine, directory, inclusive, exclusive, machine, sharing dialog, alphanumeric, value, crop, compatibility, gallery, bulk

नेपालीमा वर्डप्रेसको पहिलो औपचारिक मिटिंग

पछिल्लो मिटपमा हामीले छलफल गरे अनुसार हामी अब नियमित रुपमा मिटिंग राखी आवस्यक कुराहरुमा छलफल तथा निर्णय गरी अनुवादलाई अझ द्रुत गतिमा अघि बढाउन लागि परेका छौ। यसै अनुरुप आउदो मङ्गलबार पहिलो औपचारिक मिटिंग हुने जानकारी गराउन चाहन्छु। सबै इच्छुक महानुभाबहरु यसमा भाग लिन सक्नुहुन्छ।

स्थान : https://wpnepali.slack.com/ मा #translation रुममा
मिति: २६ पौष २०७३
समय: साँझ ८-८:३० बजे (नेपाली समय अनुसार)

नोट : Slack मा आउन तलको फारम भर्नु अनिवार्य छ ।
दर्ता फारम : https://goo.gl/forms/6kWo4M18rNTl2V8g1
फारम भरिसके पछी तपाईलाई दर्ता हुन इमेल पठाइनेछ ।
Slack मा दर्ता हुँदा युजरनेम राख्दा WordPress.org कै युजरनेम राख्नुहोला ।

एजेन्डाहरु:

  • केहि आगन्तुक शब्दका अस्पष्ट अनुवादहरु छलफल गरि अन्तिम रुप दिने
  • शिव शंकर भट्टले बनाएका टिमको लोगो छलफल गरी सुझाव संकलन गर्ने अनि अन्तिम रुप दिने
  • खुला मंच

वर्डप्रेस काठमाडौँ डिसेम्बर२०१६ मिटप

समस्त वर्डप्रेस प्रेमीहरुमा नमस्कार । नेपालीमा वर्डप्रेस प्रोजेक्टलाई अझ द्रुत गतिमा लान हामी तयारी गरी रहेका छौ । नेपालीमा वर्डप्रेसलाई औपचारिक रुपमा अगाडी बढाउन छलफल गरी सबैको साथ लिएर यो प्रोजेक्टलाई सफल बनाउन जुट्न लागेका छौ । यो तपाईहरुको साथ बिना असम्भब छ । आउदो आइतबार २५ डिसेम्बर २०१६ मा वर्डप्रेस काठमाडौँ  मिटप आयोजना हुँदैछ । यहाँको उपस्थितिको अपेक्षा गरिएको छ ।

फेसबुक इभेन्ट : https://www.facebook.com/events/804400663034530/

अनुवाद तथा अन्य छलफलमा सजिलोको लागी Slack मा छुटै रुम निर्माण गरिएको छ ।

https://wpnepali.slack.com/

Slack मा आउन तलको फारम भर्नु अनिवार्य छ ।

दर्ता फारम : https://goo.gl/forms/6kWo4M18rNTl2V8g1

फारम भरिसके पछी तपाईलाई दर्ता हुन इमेल पठाइनेछ । Slack च्यानलमा #translation रुममा जोडिन सक्नु हुन्छ ।

नोट: Slack मा दर्ता हुँदा युजरनेम राख्दा WordPress.org कै युजरनेम राख्नुहोला ।

प्रश्न, सुझाव तथा प्रतिकृयाहरु पक्कै होलान् । मिटपमा प्रतक्ष भेटेर कुरा गरौला । अनि त्यस पछी Slack मा भेटघाट त छदैछ ।