वर्डप्रेस काठमाडौँ डिसेम्बर२०१६ मिटप

समस्त वर्डप्रेस प्रेमीहरुमा नमस्कार । नेपालीमा वर्डप्रेस प्रोजेक्टलाई अझ द्रुत गतिमा लान हामी तयारी गरी रहेका छौ । नेपालीमा वर्डप्रेसलाई औपचारिक रुपमा अगाडी बढाउन छलफल गरी सबैको साथ लिएर यो प्रोजेक्टलाई सफल बनाउन जुट्न लागेका छौ । यो तपाईहरुको साथ बिना असम्भब छ । आउदो आइतबार २५ डिसेम्बर २०१६ मा वर्डप्रेस काठमाडौँ  मिटप आयोजना हुँदैछ । यहाँको उपस्थितिको अपेक्षा गरिएको छ ।

फेसबुक इभेन्ट : https://www.facebook.com/events/804400663034530/

अनुवाद तथा अन्य छलफलमा सजिलोको लागी Slack मा छुटै रुम निर्माण गरिएको छ ।

https://wpnepali.slack.com/

Slack मा आउन तलको फारम भर्नु अनिवार्य छ ।

दर्ता फारम : https://goo.gl/forms/6kWo4M18rNTl2V8g1

फारम भरिसके पछी तपाईलाई दर्ता हुन इमेल पठाइनेछ । Slack च्यानलमा #translation रुममा जोडिन सक्नु हुन्छ ।

नोट: Slack मा दर्ता हुँदा युजरनेम राख्दा WordPress.org कै युजरनेम राख्नुहोला ।

प्रश्न, सुझाव तथा प्रतिकृयाहरु पक्कै होलान् । मिटपमा प्रतक्ष भेटेर कुरा गरौला । अनि त्यस पछी Slack मा भेटघाट त छदैछ ।

वर्डप्रेस काठमाडौँ, नेपाल जुलाई २०१६ मिटप

यहि आउँदो जुलाई ३१ मा जावलाखेलमा वर्डप्रेस काठमाडौँ, नेपाल जुलाई २०१६ मिटप आयोजना हुँदैछ । जावलाखेल स्थित निक एजुकेसन फाउन्डेसनमा हुने मिटपमा यस पल्ट तीन ओटा शीर्षकमा प्रस्तुति हुनेछ । सौरभ अधिकारी, अमृत बन्जारा तथा निलाम्बर शर्माको प्रस्तुति रहने यस कार्यक्रममा वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्ने परियोजनालाई फेरी सुचारु गर्न आवश्यक तयारी गरि वर्डप्रेसलाई सातप्रतिशत अनुवादित बनाउन सबै वर्डप्रेस प्रेमीहरुलाई आह्वान पनि गरिनेछ ।

बिस्तृत जानकारीको लागि फेसबुकको पेज हेर्नुहोस्।
https://www.facebook.com/events/1776696202614169/