Comments Add Comment

अन्तर्राष्ट्रिय समाचार

List Grid
काबुलको सुरक्षा गर्न तालिबानले बनायो ‘फतेह फोर्स’

९ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल सहरस्थित हाइ प्रोफाइल क्षेत्रको सुरक्षा गर्नका लागि तालिबानले एउटा नयाँ सुरक्षा दस्ता बनाएको छ । केही चरमपन्थी समूहले काबुल सहरको व्‍यवस्थामाथि चेतावनी दिएपछि तालिबानले नयाँ सुरक्षा दस्ता बनाएको हो । तालिबानको अरबी भाषाको एक ट्वीटर एकाउन्टमार्फत नयाँ सुरक्षा दस्ता ‘फतेह फोर्स’ बनाइएको जानकारी दिइएको हो । उक्त ट्वीटमा लेखिएको […]

अफगानिस्तानको उद्धार एक सातामै सक्छौं : जो बाइडन

९ भदौ, काबुल । अमेरिकी राष्ट्रपति जो बाइडनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्य ७ दिनभित्र सक्ने बताएका छन् । एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले अमेरिकाले एक्लै र उसका नेटो गठबन्धनका देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने बताएका हुन् […]

अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख र तालिबान नेताबीच गोप्य भेट !

९ भदौ, काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग गोप्य भेट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । न्यूयोर्क टाइम्स, वासिङटन पोष्ट, असोसिएटिड प्रेस, एनपीएसहितका सञ्चारमाध्यमहरुले स्रोतलाई उदृत गर्दै सोमबार सीआईए र तालिबानबीच बैठक भएको समाचार सम्प्रेषण गरेका छन् । तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीचको भेटबारे पुष्टि […]

अमेरिकामा फाइजरको खोपलाई पूर्ण अनुमति

८ भदौ, काठमाडौं । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई पूर्ण अनुमति दिएको छ । अमेरिकामा पहिलोपटक कोरोना खोपलाई पूर्ण अनुमति दिइएको हो । यसअघि यो खोपले आपतकालीन प्रयोगको अनुमति पाएको थियो । तीन साताको अन्तरमा दुई डोज लगाउनुपर्ने यो खोप १६ वर्षभन्दा माथिका सबै मानिसलाई लगाउन […]

तालिबान आतंकवादी संगठन हो, अब प्रतिबन्धबारे छलफल गर्नुपर्छ : ट्रुडो

८ भदौ, काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले तालिबानलाई यसअघि नै आफूहरुले आतंकवादी संगठन मान्दै आएको र अहिले पनि उक्त सूचीबाट नहटाइएको बताएका छन् । उनले अब तालिबानमाथि प्रतिबन्धको विषयमा छलफल गर्नुपर्ने पनि बताएका छन् । अफगानिस्तानबारे मंगलबार जी७ का मुलुकबीच बैठक हुन गइरहेको अवस्थामा ट्रुडोले यस्तो बताएका हुन् । मंगलबार जी७ का सदस्य मुलुक […]

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस भन्छिन् -इन्डोप्यासेफिक रणनीति कुनै मुलुकविरुद्ध लक्षित छैन

८ भदौ, काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले चीनतर्फ संकेत गदै इन्डोप्यासेफिक रणनीतिक कुनै एक मुलुकविरुद्ध लक्षित नरहेको बताएकी छन् । चीनले सो रणनीति आफूविरुद्ध रहेको बताइरहेको बेला उनको सो अभिव्यक्ति आएको छ । एसिया प्रशान्त क्षेत्रको पहिलो भ्रमणका क्रममा सोमबार सिंगापुर पुगेकी ह्यारिसले इन्डोप्यासेफिक रणनीति कुनै एक मुलुक छनौट गर्नका लागि लक्षित नभएको उल्लेख गरिन् […]

‘तालिबानको कसाइ’ भनेर चिनिने पूर्वगभर्नरले लिए तालिबानप्रति बफादारीको शपथ

७ भदौ, काठमाडौं । तपाईं अफगानिस्तानमा बस्दै आउनुभएको छ वा पछिल्लो २० वर्षमा अफगानिस्तानको राजनीतिलाई नजिकबाट नियालिरहनुभएको छ भने तपाईंले पक्कै पनि अफगानिस्तानको ‘बुलडोजर’ नामले चिनिने गुल आगा शेरजाईलाई चिन्नुहुन्छ । अब अफगानिस्तानका महत्वपूर्ण व्यक्तिको रुपमा चिनिने शेरजाई ‘इस्लामिक इमिरेट्स अफगानिस्तान’ को पनि प्रमुख व्यक्ति बनेका छन् । शेरजाई सीआईएका पूर्व एजेन्ट हुन् । उनी […]

उद्धार उडानको क्रममा अफगान महिलाले जन्माइन् बच्चा

७ भदौ, काठमाडौं । अफगानिस्तानकी एक महिलाले अमेरिकी एयरफोर्सको उद्धार उडानको क्रममा बच्चा जन्माएकी छन् । उनले अमेरिका उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी हुन् । बीबीसीका अनुसार आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला ती महिलामा प्रसव पीडा सुरु भएको थियो । उनको अवस्था जटिल हुँदै गएपछि विमानका पाइलटले कम उचाइको उडान गरे ताकि विमानमा हावाको […]

काबुल एयरपोर्ट बाहिर सात अफगानी नागरिकको मृत्यु

६ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर जम्मा भएको भीडमा सात अफगानी नागरिकको मृत्यु भएको छ । बेलायतको रक्षामन्त्रालयका अनुसार भीडभाडमा परी उनीहरुको मृत्यु भएको हो । तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै त्यहाँका मानिसहरु अहिले मुलुक छाड्ने प्रयास गरिरहेका छन् । बेलायती रक्षा मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानको वास्तविक अवस्था निकै चुनौतीपूर्ण बनेको छ तर […]

भारतमा पहिलो डीएनए कोरोना खोपलाई अनुमति

६ भदौ, काठमाडौं । भारतको औषधि नियामकले विश्वको पहिलो डीएनए कोरोना खोपलाई अनुमति दिएको छ । खोप निर्माता काडिला हेल्थकेयरले निर्माण गरेको जीकोभ–डी खोपलाई भारतीय खोप नियामकले अनुमति दिएको हो । कम्पनीले सार्वजनिक गरेको आन्तरिक अध्ययनको नतिजा अनुसार संक्रमण नियन्त्रणको लागि यो खोप ६६ प्रतिशत प्रभावकारी देखिएको छ । भारतीय कम्पनी काडिला हेल्थकेयरले वार्षिक रुपमा […]

असर्फ घानीका भाइ भन्छन् – अफगानीले तालिबानको शासन स्वीकार्नुपर्छ

६ भदौ, काठमाडौं । अफगानिस्तानका पूर्व राष्ट्रपति असर्फ घानीका भाइ हसकत घानीले अफगानीले अब तालिबानको शासन स्वीकार गर्नुपर्ने बताएका छन् । उनले आफूले तालिबानको नियन्त्रण स्वीकार गरिसकेको तर समावेशी सरकार बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । शनिबार अलजाजिरासँगको कुराकानीमा उनले विदेशी सेना फिर्ता हुन केही दिन मात्र बाँकी रहेको अवस्थामा मुलुकको नयाँ परिस्थितिलाई बुझ्दै […]

अमेरिकाले भन्यो– अफगानिस्तानमा आईएसको आक्रमण हुनसक्छ, सुरक्षित रहनू

६ भदौ, काठमाडौं । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो । आईएसको सम्भावित आक्रमणबारे अधिक जानकारी भने दिइएको छैन । आईएसले पनि आक्रमणको धम्की दिएको सार्वजनिक भएको छैन । तर अमेरिकी रक्षा अधिकारीहरुले भने […]

काबुलमा एयरपोर्टतर्फ जाँदै गरेका जर्मन नागरिकमाथि गोली प्रहार

४ भदौ, काठमाडौं ।अफगानिस्तानमा काबुल एइरपोर्टमा जाँदै गरेका एक नागरिकलाई प्रहार भएको छ । काबुलमा एयरपोर्ट बाहिर मानिसहरुलाई निकै खतरा रहेको बताइएको छ । जर्मनीको सरकारका प्रवक्ताले यो जानकारी दिँदै आफ्ना नागरिकहरुलाई छिटोभन्दा छिटो अफगानिस्तानबाट बाहिर निकालिने बताएका छन् । उनले भने, ‘उनको उपचार भइरहेको छ र उनको ज्यानमाथि कुनै खतरा छैन ।’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका […]

अफगानिस्तानको सीमा खोल्न छिमेकी मुलुकलाई यूएनएचसीआरको अपील

४ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघको शरणार्थी आयोग (यूएनएचसीआर)ले अफगानिस्तानसँगको सीमा खोल्न उसका छिमेकी मुलुकलाई आग्रह गरेको छ । अहिले अधिकांश अफगानी नागरिकहरु आफ्नो घर फर्किन नसकेको र उनीहरुले अन्यत्र जाने बाटो नपाएको यूएचएचसीआरले बताएको छ । यूएनएचसीआरका प्रवक्ताले छिमेकी मुलुकलाई सीमा खुला गर्दै अफगानी नागरिकलाई शरण दिन आग्रह गरेका हुन् । अफगानिस्तानमा तालिबानले कब्जा […]

सिड्नीका केही स्थानमा रात्रीकालीन कर्फ्यु घोषणा

४ भदौ, काठमाडौं । अष्ट्रेलियाको ठूलो शहर सिड्नीको कोरोना भाइरस संक्रमण अत्यधिक फैलिएको क्षेत्रमा रात्रीकालीन कर्फ्यु घोषणा गरिएको छ । साथै सिड्नीमा जारी लकडाउन पनि लम्ब्याइएको छ । पछिल्लो समय सिड्नीमा ठूलो संख्यामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । न्यु साउथ वेल्स सरकारले संक्रमण नियन्त्रणका भन्दै लामो समयदेखि लकडाउन जारी राखेको छ । तर, यसले […]

घरघरमा गएर विदेशी सेनाका लागि काम गर्ने मानिस खोज्दै तालिबान

४ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघले तालिबानले यसअघिको सरकार र  अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको बताएको छ । राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की पनि दिएको छ । तालिबानले यसअघि पत्रकार सम्मेलन गरेर कसैसँग पनि बदला नलिने बताएको थियो । […]

तालिबानले लागू गर्ने भनेको शरिया कानुन के हो ?

३ भदौ, काठमाडौं । अफगानिस्तानमाथि विद्रोही समूह तालिबानले कब्जा जमाएसँगै हिजोआज संसारकै ध्यान अफगानिस्तानमाथि छ । त्यहाँ रहेका मानिसहरुको सुरक्षा र मानव अधिकारको विषयलाई दिएर संयुक्त राष्ट्र संघलगायतका संस्था र शक्ति राष्ट्रहरुले चिन्ता र चासो प्रकट गरेका छन् । सामान्य मानिसले पनि अफगानिस्तानमा तालिबानले कडा कानुन लागू गर्ने त्यहाँका सर्वसाधारण पीडामा पर्ने आशंका गरिरहेका छन् […]

तालिबानको शासनकालमा कस्तो होला अफगानिस्तानको अर्थतन्त्र ?

३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानमा कब्जा गर्नुभन्दा केही महिना पहिला विश्व बैंकले भनेको थियो– अफगानिस्तानको अर्थतन्त्र त्यहाँको अवस्था कस्तो हुन्छ र उसले बाहिरबाट कत्तिको सहयोग पाउँछ भन्ने कुरामा निर्भर गर्छ । अहिले अफगानिस्तानको अवस्था पूर्ण रुपमा फरक भइसकेको छ । यस्तोमा मुलुकको आर्थिक सम्भावना अनिश्चित बनेको छ । यसको प्रमुख कारण उसले पाउँदै आएको वित्तीय […]

अफगानिस्तानमा स्वतन्त्रता दिवसमा प्रदर्शन

३ भदौ, काठमाडौं । बिहीबार अफगानिस्तानको १०२ औं स्वतन्त्रता दिवसको दिन विभिन्न सहरमा राष्ट्रिय झण्डासहितको प्रदर्शन भएको छ । तालिबानले कब्जा गरेपछिको अनिश्चितताको बीचमा मानिसहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडियोमा काबुलमा मानिसहरुले ‘हाम्रो झण्डा, हाम्रो पहिचान’ भन्ने नारा लगाइरहेको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार आसादाबाद […]

अफगानिस्तानमा रहेका सबै अमेरिकीलाई स्वदेश ल्याइन्छ : राष्ट्रपति बाइडन

३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा रहेका सबै अमेरिकी नागरिकलाई स्वदेश ल्याइने बताएका छन् । उनले आवश्यक परे अफगानिस्तानमा अमेरिकी सेना यसअघि दिइएको अन्तिम म्यादसम्मै बस्न सक्ने बताएका छन् । तालिबानका लडाकुले उद्धारको पर्खाइमा रहेका मानिसलाई विमानस्थलमा आउन नदिएको समाचारसँगै बाइडनले यस्तो बताएका हुन् । बाइडन अगष्टको अन्तिमसम्ममा सबै अमेरिकी सैनिक फिर्ता […]

आईएमएफ कोषमा अफगानिस्तानको पहुँच नरहने

३ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आफ्नो कोषमा अफगानिस्तानले पहुँच नपाउने बताएको छ । तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै आईएमएफले आफ्नो कोषमा अफगानिस्तानलाई पहुँच नदिने निर्णय गरेको हो । आईएमएफका प्रवक्ताले अफगानिस्तानको सरकारलाई मान्यता दिने विषयमा अन्तर्राष्ट्रिय समुदायमा देखिएको स्पष्टताको अभावको कारण यस्तो निर्णय गरिएको बताएका छन् । २३ अगष्टमा अफगानिस्तानले आईएमएफबाट ३७ […]